
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य सेवा पुरस्कार दिन लागेको हो ।डा.पुनले एसोसिएसनबाट ११ सय डलरको पुरस्कार पाउने भएका हुन् । डा पुनले प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको योगदानको प्रशंशा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको एसोसिएसनले जनाएको छ ।

‘तपाईंले गर्नुभएको योगदानको उच्च प्रशंशा गर्दै हाम्रो संस्था एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्थापना गरेको यो वर्षको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार २०२२ तपाईलाई समर्पण गर्ने निर्णय गरेका छौं,’ एसोसिएसनले पठाएको पत्रमा उल्लेख गरिएको छ ।
बिज्ञापन



