
दमक / ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ ।

चन्द्रपुर-१ मंगलपुरस्थित पूर्व–पश्चिम राजमार्गमा आज मालवाहक ट्रक र विद्युतीय गाडी एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ भने सो दुर्घटनामा परी थप दुई जना घाइते भएका छन् ।
बिज्ञापन



सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय सोकोन गाडी र विपरीत दिशाबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको ट्रक एक आपसमा साइडपट्टी ठक्कर खाइ दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी सर्लाही रामनगर–१ खैरवाका ३६ वर्षीया भगिया देवी, सर्लाही रामनगर–१ खैरवाकै ३० वर्षीय धिरेन्द्र ठाकुरको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जानकारी दिएको छ ।
दुर्घटनामाबारे थप अनुसन्धान भइरहेकाे छ ।