दमकमा बस र मोटरसाइकल दुर्घटना हुदा एककाे मृत्यु

झापाको दमकमा बस र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकल चालकको मृत्यु भएको छ।  मृत्यु हुनेमा साेहि नगरपालिका–४ का ३६ वर्षीय मिलन थापा रहेका छन्।

प्रहरीका अनुसार,  दमक नगरपालिका–७ स्थित पशुहाट डाँडामा जेठ २१ गते राति पूर्व–पश्चिम लोकमार्गमा मे. १ ख ३०२७ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०५२ प. २२११ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

बिज्ञापन

दुर्घटनामा  परि गम्भीर घाइते भएका मिलनको विराटनगरस्थित आर्या न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय दमकले दुर्घटनामा संलग्न बस र बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएकाे छ।