
काठमाडौं । दक्षिण अफ्रिकाका विस्फोटक ब्याट्सम्यान एबी डे भिलियर्सले सबै प्रकारका क्रिकेट खेलबाट सन्यासको घोषणा गरेका छन् ।
उनले ट्वीटरमा आफ्नो १७ वर्षीय खेल जीवन समाप्त भएको उल्लेख गरेका छन् ।
३७ वर्षीय डे भिलियर्सले १ सय १४ टेष्ट, २ सय २८ एकदिवसीय र ७८ वटा टी ट्वेन्टी म्याच खेलेका छन् ।
उनले आफ्नो टीम तथा आफूसँग खेलेका सबै खेलाडी, कोच, फिजियो र कर्मचारीलाई सहयात्राका लागि धन्यवाद दिएका छन् ।
उनले अब इण्डियन प्रिमियर लिग आइपीएल पनि खेल्ने छैनन् ।
सन् २०११ मा रोयल च्यालेन्जर्स बैंगलोबारबाट आइपीएल करियर सुरु गरेका डे भिलियर्सले १० सिजन खेलेका छन् ।