
दमक / सिख समुदायबाट पहिलोपटक बाँकेको जानकारी गाउँपालिका–२ बनकटवाका स्थानीय बासिन्दा करण सिंह नेपाली सेनामा प्रतिनिधित्व भएका छन् । शुक्रबार अछाममा आयोजित पासिङ आउट समारोहबाट सिंह दीक्षित भएका हुन्।

उनले अछामस्थित गोरखबक्स गणबाट तालिम प्राप्त गरेका हुन्। उनी सिख समुदायबाट पहिलो सैनिक जवानको रूपमा दीक्षित भएको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिएका हुन।
बिज्ञापन



सिंह हाल कपिलवस्तुको गोरुसिङ्गे स्थित शमशेर दल गणमा आबद्ध भएका छन् भने उनको धर्म र आस्थालाई सम्मान गर्नेगरी सैनिक आचार संहिता व्यवस्थापन गरिएको समेत बस्नेतले जानकारी दिए।

सैनिक अधिकृतका अनुसार, ‘उसको धर्म अनुसारको सुविधा उसलाई दिइन्छ।’