
दमक / कैलालीकाे लम्कीचुहा नगरपालिकामा अटो पल्टिँदा १० महिने बालकको मृत्यु भएको छ।

लम्कीचुहा नगरपालिका–१ भुरुवास्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको सोही ठाउँ बस्ने ४१ वर्षीय भरत साउँदले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५१४८ नम्बरको इबी अटोरिक्सा आफैं अचानक अनियन्त्रि भई पल्टिँदा अटोमा सवार आफ्नै नाती १० महिनाको आयुष साउँदको शनिवार मृत्यु भएको हो।




घाइते बालकलाई उपचारको लागि टीकापुर अस्पताल लगिएको भएपनी साँझ ४ः३० बजेनै चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएकाे छ।

सोही अटोमा सवार लम्कीचुहा बस्ने ४२ वर्षका प्रकाश गिरी र १३ वर्षीय टेकराज साउँद भने घाइते भएका छन्। घाइते दुवैजनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।
प्रहरीले अटो नियन्त्रणमा लिएकाे छ चालक भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।