
हिमानी कोष झापाको अगुवाइमा झापाका चार वटा स्थानीय तहमा सञ्चालित आइसोलेसन केन्द्रलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । सामाजिक संस्था यूथ फर सेवाले उपलब्ध गराएको स्वास्थ्य सामग्री भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रलाई वितरण गरेको हो ।

भद्रपुर कोभिड आइसोलेसन केन्द्र कलवलगुरीलाई २ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री नगरपालिकाका मेयर जीवन कुमार श्रेष्ठलाई हस्तान्तरण गरिएको छ ।



हल्दिबारी २ स्थित कोभिड आइसोलेसन केन्द्रलाई एक थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष रवीन्द्र लिङ्देनलाई हस्तान्तरण गरिएको छ ।

बाह्रदशी -१ भागुडुब्बास्थित कोभिड आइसोलेसन केन्द्रलाई १ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जा लगायतका स्वास्थ्य सामाग्री गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई हस्तान्तरण गरिएको छ । कचनकवल ६ स्थित कोभिड आइसोलेसन केन्द्र बनियानीलाई १ थान अक्सिजन कन्सनट्रेटर, पिपिई, मास्क, स्यानिटाइजर, पन्जालगायतका स्वास्थ्य सामाग्री गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेत मार्फत हस्तान्तरण गरिएको छ ।
वितरण कार्यक्रम हिमानी कोष झापाको अध्यक्ष पुनम सिंह राजवंशी अगुवाइमा भएको थियो भने कार्यक्रममा छेवाङ्ग कर्मा तामाङ, सन्दीप माझी, कुमार कालिकोटे लगायतको उपस्थिति रहेको थियो ।