६ यात्रु सवार हेलिकप्टर दुर्घटना

दमक / भारतमा पाइलटसहित ६ यात्रु सवार हेलिकप्टर दुर्घटना भएको छ ।

केदारनाथ धामबाट यात्रु लिएर गुप्तकाशीका जाँदै गरेको आर्यन एविएसनको हेलिकप्टर गौरीकुण्ड जंगलमा दुर्घटनाग्रस्त भएको हो । उक्त हेलिकप्टरमा पाइलटसहित ६ यात्रु सवार थिए भने १ बालक पनि रहेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार, साे स्थानकाे मौसम खराब भएका कारण उद्धार टोली जान सकिरहेको छैन् ।