कोरोना प्रभाव : यात्रुलाई सास्ती , अटो रिक्सालाई मस्ती

निसा दाहाल

सृजना तामाङलाई बिर्तामोड बाट दमकको कृष्णमन्दिर आउनुपर्ने थियो । निजि गाडी नभएकी उनले यात्रु प्रतीक्षालयमा बिहान भरी गुजारिन । कोरोना त्रासका कारण प्रायः सवारी साधनहरु ठप्प थिए । उनलाई जति सक्दो चाडो घर फ़र्कनु थियो तर उनलेे एउटा पनि सवारी साधन पाइनन् । उनले कृष्ण मन्दिर आइपुग्दा सम्म ४ वटा अटो परिवर्तन गरिन् । सबै अटोले अलग अलग दरले पैसा लिए । यात्राको दौरानमा उनले करिब १२ सय सकेकी थिइन् ।

बिज्ञापन

 

कोरोनाको बढ्दै गएको त्रासको फाइदा उठाउनेको संख्या पनि उति नै देखिन्छ । सधैं ५० रुपैयामा भाडा लिने अटो व्यवसायीहरु अहिले ३ सय भन्दा बढी लिन थालेका छन् । सृजना तामाङ  एक प्रतिनिधि पात्र मात्र हुन् । सृजना जस्ता असंख्य यात्रुहरु थाम्नै नसकिने भाडा तिरेर यात्रा गर्न बाध्य छन् ।

 

मौकाको फाइदा उठाएर जथाभावी भाडा असुल्नेलाई कानुनी दायरामा ल्याउनु निकै चुनौतीपूर्ण देखिएको छ ।भाडा दरको समस्या एकातिर छ भने  सवारी साधन व्यवसायीहरु खचाखच यात्रु कोचेर नगद असुल्ने धन्दामा लागिरहेको पाइन्छ । २५ जना भन्दा बढी मानिसको भिड बनाउन नपाउने सरकारको निर्देशनको प्रष्ट अवज्ञा गरिदा समेत सरोकारवाला निकाय कानमा तेल हालेर बस्नुलाई अर्थपुर्ण रूपमा हेर्न थालिएको छ ।