जुम्लामा सरकारी जग्गा व्यक्तिको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिका–४ बाउलीगाउँस्थित पाँच सय ९० रोपनी सरकारी जग्गा आफन्तको नाममा पास गराउने मालपोत कर्मचारीसहित पाँचजना पक्राउ परेका छन् ।

जुम्लाका तत्कालीन मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेसहित स्थानीय शिक्षक मनीषचन्द्र न्यौपाने, स्थानीय किसान हरिहर न्यौपानेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

बिज्ञापन

पक्राउ पर्नेमा मालपोत कार्यालय चाबहिलका नासु विजय शर्मा र राष्ट्रिय पशु अनुसन्धान प्रतिष्ठान खुमलटारका पूर्वनिर्देशक यमुनाकुमार श्रेष्ठसमेत छन् । उनीहरूलाई केही दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाएको अख्तियार स्रोतले बतायो । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।