४० लाख नेपाली नागरिकताको बेचविखन भइसकेको छ : हेमन्त सेढाई , नागरिकताविद्


काठमाडौं । संसदमा नागरिकता विधेयक विचाराधीन रहेकै अवस्थामा गृह मन्त्रालयले ‘अंगीकृत नागरिकता पाएकाको सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता दिन’ ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दियो ।

बिज्ञापन

 

आठ महिना अघि संसदमा प्रस्तुत भएर राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल भइरहेको र विवाद समाधानका लागि बनाइएको उप–समितिले अध्ययन गरिरहेको भनिएका बेला गृह मन्त्रालयले हतार–हतार प्रक्रिया पु¥याएर नागरिकता दिन गरेको परिपत्र चर्चासँगै विवादमा छ ।

 

 

नागरिकताविद् हेमन्त सेढाई गृहको यो प्रक्रियालाई राजा महाराजाको बेलामा पनि नभएको घटना मान्नुहुन्छ । न्यूज २४ को नियमित प्रस्तुति इस्युज अफ द डे आइओडीमा टिभी जर्नलिष्ट निमा काफ्लेसंग कुरा गर्दै सेढाईले मधेसमा जनताले नागरिकता पाएका छैनन बुरु बाहिरकाले पाएको ठोकुवा गर्नु भयो । उहाँले मधेसमा अझै पनि डोम,चमारलगायतका समुदायले नागरिकता नपाएको चर्चा गर्दै मधेस केन्द्रित दलहरु अझ पनि संवेदनशील नबने स्थिति भयावह हुने चेतावनी समेत दिनुभयो ।

 

अहिलेसम्म ४० लाख नागरिकता बेचिएको जिकिर गर्दै नागरिकताविद् सेढाईले भन्नुभयो – दलका नेताहरुले नागरिकताको लोभ देखाएर भोट माग्नु दुर्भाग्य हो ।