काठमाडौं । राजा ज्ञानेन्द्र शाह भाईटिका ग्रहणका लागि भोली विहान बहिनी शोभा राज्यलक्ष्मीको निवास जाने हुनु भएको छ ।

बिहान सवा दश बजे नै उनी कमलादीस्थित शोभा निवासमा पुग्ने भएका हुन । अघिल्लो वर्ष पनि उनले बहिनी शोभा कै हातबाट भाईटिका ग्रहण गरेका थिए ।

राजाले परम्परा अनुसार उत्तम साइतमा नै भाईटिका ग्रहण गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।