
काठमाडौ – कार्तिक २२ मेटा फिजिक्सका ज्ञाता तथा जीवन उपयोगी बिचारमा विश्वभर चर्चा पाउन सफल न्युरोलोजिस्ट तथा आध्यात्मिक चिन्तक डा. जे. पी. अग्रवाल गौरादहमा आयोजना हुन गइरहेको आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवमा आउनको लागि आतुर रहेको बताउनुभएको छ । वहाँले आफ्नो फेसबुक प्रोफाइलमा समेत उक्त महोत्सवको लोगो राख्नु भएको छ । आयोजक समितिले गरेको निमन्त्रणालाई सहर्ष स्वीकार गर्दै वहाँले आध्यात्मिक सांस्कृतिक पर्यटन महोत्सवले गौरादहलाइ विश्व सामु परिचित गराउन सफलता मिल्ने बताउनुभएको छ । आध्यात्मिक र सांस्कृतिक क्षेत्रको प्रवर्द्धन र सम्बर्द्धनमा कोशेढुंगा सावित हुने यस मह उत्सबमा गौरादह क्षेत्रका सम्पुर्ण संघ संस्थाको सहभागी रहनु आफैंमा गौरवपुर्ण रहेको वहाँको भनाइ रहेको छ ।

बिज्ञापन



