बालाजु बृत्तका इन्सपेक्टरलाई कोरोना संक्रमण ·

काठमाडौं । महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत एक प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई कोरोना संक्रमण भएको छ ।  शुक्रबार नमुना परीक्षणका क्रममा उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । विगत एक वर्षदेखि कार्यरत कार्यालयमै रहेर काम गरिरहेका उनमा कोरोना देखिएपछि वृत्त मातहतका सबै प्रहरी कर्मचारीको पीसीआर जाँच गर्ने तयारी भएको बताइएको छ । 

कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।  कोरोना संक्रमित इन्सपेक्टर लकडाउन सुरु भएपछि काठमाडौं बाहिर गएर फर्केको ट्राभल हिस्ट्री छैन ।  नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौं परिसरले जनाएको छ ।  गोरखा घर भएका उनी हाल काठमाडौं टोखा नगरपालिका बस्दै आएका थिए । 

बिज्ञापन