कुलमानद्वारा ६० लाख रुपैयाँ भत्ता बुझेको भन्ने आरोपको खण्डन


काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ६० लाख रुपैयाँ भत्ता बुझेको आरोपको खण्डन गर्नुभएको छ ।

बिज्ञापन

सोमबार पत्रकार सम्मेलन गरेरै घिसिङले लोडसेडिङ चाहनेहरुले आरोप लगाएको बताउनुभयो । उहाँले एक वर्षमा बैठक भत्ता वापत ६ लाख रुपैयाँ मात्र लिएको बताउनुभयो । उहाँले ८० प्रतिशत प्रगति भएपछि पाइने विशेष भत्ता मासिक २ लाख रुपैयाँका दरले एक वर्षमा २४ लाख रुपैयाँ लिएको स्पष्ट पार्नुभयो ।

१८ घण्टासम्मको लोडसेडिङ अन्त्य भई ९ अर्ब रुपैयाँ संचित नोक्सानीमा रहेको विद्युत प्राधिकरण अहिले नाफामा छ । प्राधिकरण सुध्रिनु र कर्मचारीले मनपरी गर्न नपाएपछि आफूबिरुद्धको मोर्चाबन्दी भएको कार्यकारी निर्देशक घिसिङको भनाई छ ।

उहाँले आफूले कार्यभार सम्हालेयता विद्युत चुहावट १० प्रतिशत घटाएको, ३ हजार मेगावाट बिजुली आपूर्ति गर्नका लागि ६० वटा विभिन्न क्षमताको सबस्टेशन निर्माण सम्पन्न गरेको जानकारी दिनुभयो ।