राजधानीको जोरपाटीमा खुकुरी देखाएर ३ लाख लुटपाट


काठमाडौं– राजधानीको बौद्ध जोरपाटीस्थित पाथीभरा मनि ट्रान्सफरको  नगद लुटिएको छ । बौद्धस्थित नविल बैंकको शाखाबाट झिकिएको मनि ट्रान्सफरको ३ लाख रुपैया मंगलबार दिउँसो लुटिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

बिज्ञापन

पाथीभरा मनि ट्रान्सफरका कर्मचारी रवी श्रेष्ठले बोकेको पैसाकाे झोला ट्रान्सफर भित्र छिर्दै गर्दा तीन जनाको समूहमा आएका लुटेराले थुतेर भागेको जानकारी आएको बोगटीले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका लुटेराले खुकुरी देखाउँदै झोला थुतेर भागेका थिए ।

प्रहरीले लुटेराको खोजतलास जारी रहेको जनाएको छ ।