मेयरको डोजरले किच्यो बालक, काटियो दुवै खुट्टा | ओमकार टाईम्स

मेयरको डोजरले किच्यो बालक, काटियो दुवै खुट्टा
पूर्व माओवादीबाट निर्वाचित मेयरले घटनालाई गुपचुप राख्ने प्रयास

 

रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका मेयर बिशाल शर्माको डोजरले एक बालकलाई किच्दा उनको जीवन नै आधा भएको छ।

 

डोजरले चौरजहारी नगरपालिका वडा नं ६ पुरानोपानीका १२ बर्षिय मोहन रोकालाई किचेको हो । जुम्लीपोखरीदेखी खाडल जोडने सडक खन्ने क्रममा डोजरले किचेपछि अहिले उनका दुवै खुट्टा काटेर उपचार भईरहेको छ ।

 

घटना गत जेष्ठ ३० गते घटेपनी गुपचुप राखिएको भन्दै सामाजिक अभियान्ता र युवाहरुले विरोध जनाएका छन । उता मेयर शर्माले भने क्षतिपुर्ति र उपचार गर्ने सर्तमा कुरा मिलेको बताए ।

 

स्थानीय र उनका अभिभावकहरुले सहयोगीले डोजर चलाएको कारण घटना घटेकोले कारबाही समेत हुनुपर्ने माग गरेका छन । डोजर आफ्नो रहेपनि ठेक्का अर्काको रहेकोले सम्पुर्ण खर्च ठेकेदारले नै व्यर्होने भएपछि कुरा मिलेको मेयरले जिकिर गरे ।