
सिन्धुपाल्चाेक केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलकाे भूकम्प गएकाे छ । बुधबार राति १० बजेर ८ मिनेटमा ५ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ । करिब १० सेकेन्डसम्म महसुस गरिएकाे भूकम्पले सिन्धुपाल्चाेकसहित काभ्रे, काठमाडाैं उपत्यका, मकवानपुर, दाेलखा, नुवाकाेट, धादिङलगायतका जिल्लासम्म हल्लाएकाे छ ।

बिज्ञापन



भूकम्प गएकोबारे काठमाडौं र आसपासका जिल्लामा बस्ने युवाहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

काठमाडौं उपत्यकासहित धादिङ, गोरखा, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, नुवाकोटसम्मका मानिसले भूकम्पले हल्लाएको भन्दै फेसबुकमा पोस्ट सेयर गरेका छन् ।
घरबाट हतारिएर निस्कने हुँदा मित्रपार्क बस्ने उदयपुर गाइघाटकी रमा चाैधरी सामान्य घाइते भएकी छन् । भूकम्पबाट कुनै किसिमकाे क्षति भए/नभएकाे भन्ने विवरण भने प्राप्त भएकाे छैन ।