हुम्लाको जिल्ला अस्पताललाई अमेरिकाबाट स्वास्थ्य सामाग्री सहयोग

कोरोना सङ्क्रमणका बिरामीको उपचारका लागि अमेरिकाबाट उपकरण तथा औषधी सहयोग प्राप्त भएको छ ।

हुम्ला स्थायी घर भई हाल अमेरिकामा बसोवास गर्दै आएका टेम्पा दुक्ती लामाको पहलमा जिल्ला अस्पताललाई सो सामाग्री सहयोग स्वरुप उपलब्ध भएको हो ।

बिज्ञापन

 

लामा आवद्ध अमेरिकाको ओमलिङ बोन सेन्टरबाट १७ ओटा प्रकारण उपकरण, मेशिन र औषधी जिल्ला अस्पताललाई सहयोग स्वरुप उपलब्ध भएको अस्पतालका चिकीत्सक टासी आङ्जु लामाले जानकारी दिए । काठमाडौँबाट हुम्लामा हवाई मार्गबाट ती सामाग्री आई पुगेका हुन ।

 

सहयोग स्वरुप प्राप्त भएका स्वास्थ्य सामाग्रीहरुमा पाँच लाख मुल्य पर्ने हाई फ्लो नासल, बहुउदेस्यीय मनिटर, बिपाप मेशिन, अक्सिजन कन्सन्ट्रेटर, एचडियु बेड, पल्स अक्सिमिटर, पिपिई सेट, मास्क, ग्लोव र कोरोना संङ्क्रमणका औषधीहरु रहेको उनले बताए। झण्डै २० लाख मूल्य पर्ने स्वास्थ्य सामाग्री स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिएको छ । प्राप्त सामाग्री तत्काल प्रयोगमा आउने कार्यालयले जनाएको छ ।