उम्मेदवारको घरमा बम बिस्फोट

बारा : उपनिर्वाचन–२०७६ नजिकिँदै गर्दा उम्मेदवारको घरमा बम विस्फोट भएको छ । बाराको पिपरा गाउँपालिकाका नेकपा उम्मेदवार बिक्रम चौधरीको घरमा बम विस्फोट भएको हो ।

 

विस्फोटबाट चौधरीको घरको कम्पाउण्डको पर्खाल र शौचालयमा क्षति पुगेको छ ।

 

मंसिर १४ गते सो गाउँपालिकामा उपनिर्वाचन हुँदैछ भने मौन अवधिको समयमा भएको विस्फोटले स्थानीयमा त्रास फैलिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।