
ललितपुर : कोरोनाभाइरस (कोभिड–१९) आशंकामा ललितपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका एक युवाको मृत्यु भएको छ ।महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्त एसपी दुगौ सिंहले धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको पुष्टि गरेका छन् ।

बिज्ञापन



चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका उनको आज (सोमबार) मृत्यु भएको हो ।तर, उनको कोरोनाकै कारण मृत्यु भएको भने पुष्टि भइनसकेको पाटन अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।

उनका नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइसकेको उनको भनाइ छ ।
उनलाई अत्यधिक ज्वरो आएपछि कोरोनाको आशंकामा परीक्षणका लागि नमुना पठाइएको निर्देशक शर्माले बताए ।
पाटन अस्पतालको आइसोलेनमा अहिले ३ जना कोरोना आशंका गरिएका बिरामी रहेको उनले बताए ।