काठमाडौं :प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका ५२ पदका लागि भएको उपनिर्वाचनमा मतदान सम्पन्न भएको छ । शनिवार विहान ७ बजेबाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

 

३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा ५३७ मतदान केन्द्रमा मतदान भएको थियो । आयोगका अनुसार मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

 

मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ । निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । थप विवरण आउन बाँकी छ ।