महिला अधिकारको व्यावहारिक कार्यान्वयनमा चुनौती : सभामुख

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले महिला अधिकारको व्यावहारिक कार्यान्वयनमा चुनौती कायमै रहेको बताएका छन् ।

११२ औं अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले लामो र अथक प्रयासबाट प्राप्त अधिकारको व्यावहारिक कार्यान्वयनमा चुनौति रहेको बताएका छन् ।
सभामुख सापकोटाले उपलब्धीहरूको प्रतिफल उपयोगका लागि भइरहेको ढिलासुस्ती महिलालाई हेर्ने दृष्टिकोणमा कायम अस्पष्टताको परिणाम भएको भन्दै त्यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गरेका छन् ।

बिज्ञापन

साथै सापकोटाले वर्तमानमा महिलालाई हेर्ने दृष्टिकोणले समतामूलक र न्यायपूर्ण समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सभामुख सापकोटाले महिला दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण आमा तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

महिलाको समान अधिकार स्थापित गर्दै सम्मनित जीवनको सुनिश्चितताका लागि जीवन उत्सर्ग गर्ने सबै प्रति उच्च सम्मानका साथ श्रद्धाञ्जली अर्पण गरेका छन्।