काठमान्डौ , सोलुखुम्बुको जुबुमा ०३१ साल फागुन १९ मा जन्मेका कृष्णबहादुर गिरी नै अहिलेका बलात्कार अभियोग लागेका कृष्णदास हुन् । उनी केही समय अघिसम्म आफूलाई वैष्णव कृष्णदास महाराज भने पनि चिनाउँदै आएका थिए । उनले आफ्नो नामको अगाडि विद्यावारिधि गरेको भनी डा. पनि लेख्ने गरेका थिए ।सुनसरी–मोरङ सिंचाइ आयोगको वराहक्षेत्र चतरास्थित चतरा नहरको पश्चिम किनारको १३ बिगाहा जग्गा कब्जा गरेर रातारात ८ करोड लागतको १ सय २८ कोठे भवन निर्माण गरेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उद्घाटन गराउन सफल भएपछि उनले आफूलाई साँच्चैको ‘सिद्धबाबा’ प्रमाणित गरे ।

 

छविलाल गिरीका दुई पत्नीमध्ये कान्छी श्रीमतीबाट कृष्ण जन्मेका हुन् । उनैका सहोदर भाइ ऐनकुमार गिरी छन् भने जेठीपट्टिका कृपाध्वोज गिरी छन् । दुई चेलीहरू पनि छन् । गिरीका ९४ वर्षीय पिता कहिले मोरङको विराटचोकस्थित कान्छा छोरा ऐनकुमारकोमा त कहिले इटहरीको तरहरास्थित बहिनी विष्णुमायाको घरमा बस्ने गरेका छन् ।कृष्णको बाल्यकालदेखि किशोर वय सोलुकै जुबुमै बित्यो । त्यहीको स्थानीय विद्यालयमा कक्षा सात अध्ययन गर्दागर्दै फेल भएपछि उनी वैरागी भएर स्कुल नै जान छाडे । ०४९ सालतिर घर छाडेर हिँडेको ६ वर्षपछि उनी सन्तको भेषमा घर आएका थिए ।

 

घर आउनुअघि उनले ६ पेज लामो पत्रसमेत लेखेर पठाएका थिए ।वराहक्षेत्रस्थित बालसन्त देवाचार्यको सम्पर्कमा आएपछि उनी त्यही आश्रममा बस्न थाले । बालसन्तले साधु बनेका गिरीलाई धर्म, कर्मकाण्ड, वेद, उपनिषद् अध्ययन गरेर सार्वजनिक पुराण वाचन कार्यक्रममा सहभागी हुन प्रेरित गरे । बालसन्तले नै गिरीलाई सिकाउँदै पहुचवालाहरूसँग परिचय गराए । चतुर स्वभावका गिरीले आफू नेपाल नआएको समयमा भारतमा उच्चशिक्षा अध्ययन गरेको दाबी गर्दैै जगद्गुरु भएको सम्म भन्न थाले ।आफूले भारतका विश्वविद्यालयमा वेदाचार्य गरेको, आयुर्वेदमा आचार्य गरेको, जर्मनको विश्व विद्यालयमा स्नातकोत्तर गरेकोदेखि ०६५ सालदेखि त विद्यावारिधि नै गरेको दाबी गर्न थाले ।

 

उनले विस्तारै आफ्नो पहुँच बढाउँदै गर्दा सुनसरी–मोरङ सिंचाइ आयोजनाको जग्गा कब्जा गरे । उक्त जग्गामा हजारौं गाईपालन गर्ने, जडिबुटी र आयुर्वेदको विश्वविद्यालय सञ्चालन गर्ने भनेर सपना बाँडे । उनले आफ्नो अनुयायी बढाउँदै लगे ।भारतीय हिन्दु धर्मावलम्बीका गुरुहरूसँग नियमित सम्पर्कमा रहेर कहिले निःशुल्क स्वास्थ्य शिविर त कहिले तारक ब्रम्हयज्ञ गरे । यसअघि उनले पोखरा र चतरामा भूमिगत समाधि बसे । तर उनका ती भूमिगत समाधिहरू सबै एउटा कमसल नाटक साबित भइ सकेको छ । विज्ञानलाई चुनौति दिएर भूमिगत समाधि बस्ने नाटक सफल बनाउनका लागि उनका तीनजना नजिकका अनुयायीहरूले विशेष मेहनत गरेका थिए ।

 

जो हाल गिरीलाई साथ दिन छाडेर आफ्नै पारिवारिक संसारमा रमाइरहेका छन् । भूमिगत समाधि बस्ने भने पनि गिरीलाई खाना र पानी, दिसा–पिसाब गर्नका लागि व्यवस्था ती तीनजनाले गर्ने गरेका थिए ।गिरीले करिब चार वर्षअघि सुनसरीको इटहरीस्थित बालग्रामका एक बालिकालाई आश्रममा लगेर पढाउँछु भनेर यौन दुव्र्यवहार गरेको चर्चा चलेको थियो । ती किशोरीका अभिभावकले महिला सञ्जाल, ओरेक र माइती नेपालका प्रतिनिधिहरूलाई गिरीविरुद्ध थप बोल्न नदिएर उक्त घटना ढाकछोप गरिएको थियो । चतरा र बालग्रामका स्थानीय बासिन्दाले अहिले पनि उक्त घटनाबारे भन्न सक्छन् ।

 

सुनसरीका तत्कालीन प्रजिअ रामप्रसाद थपलियाको सहयोगमा ती बालिकालाई पढाउन भनेर भारतमा रातारात पठाइएको थियो । जो हालसम्म सम्पर्कमा आएका छैनन् । यसैबीचमा गिरीसँग अनेक युवतीहरूको नाम जोडिँदै आएको छ । हालै गिरीविरुद्ध बलात्कार आरोप लगाउने महिला पनि करिब पाच–सात वर्ष अघिदेखि अनुयायीका रूपमा रहेकी थिइन् ।गिरी आफूलाई बालब्रह्मचारी भनेर बताउँदै आए पनि उनले यौनबद्र्धक जडिबुटी औषधि दूधसँग दैनिक सेवन गर्दैै आएका थिए । साधुसन्त ब्रह्मचारीलाई किन यौनबद्र्धक जडिबुटी सेवन गर्नुपरेको हो भनेर अनुयायीबीच नै पनि खासखुस चल्ने गरेको थियो ।