सांस्कृतिक कार्यक्रममा स्वयंसेवकको भुमिका  निकै प्रसंसनिय

गौरादह / मंसिर २८

गोल्डेन सनराइज मा. वी. मा नगर प्याब्सन द्वारा आयोजना गरिएको दुई दिवसिय सांस्कृतिक कार्यक्रममा उच्च संख्यामा दर्शकहरुको उपस्थिति देखियो । अन्य वर्षहरूमा भन्दा यो वर्ष प्याब्सन नगर समितिले कार्यक्रम सभ्य र भव्य  रूपमा सफल पार्नको लागि हप्तौं देखि मिटिङ, छलफल र भेटघाटलाई नियमितता दिइएको देखिएको छ ।
साना अथवा ठुला कुनै पनि प्रकारका कार्यक्रमहरु गर्दा स्वयंसेवकको भुमिका विषेश हुने गर्दछ । स्वयंसेवकमा नम्रता, धैर्यता, इमान्दारीता, कार्यकुशलता र कर्तव्यबोध बाट नै सार्वजनिक समारोहहरु सहज रूपमा सम्पन्न हुने गर्दछ्न । यस वर्षको गौरादह प्याब्सन द्वारा आयोजित सांस्कृतिक कार्यक्रममा स्वयंसेवकको भुमिका उच्च देखियो । कार्यक्रमको सुरुवात देखि अन्त्य सम्म स्वयंसेवकले महत्त्वपूर्ण भुमिका देखाएकोमा उपस्थित अतिथी र दर्शनकले निकै प्रसम्सा समेत गरेको पाइयो ।
स्थानीय अभिभावक कुमारी बस्नेत स्वयंसेवक प्रती प्रसंसा गर्दै यसो भन्नुहुन्छ – ‘मैले प्याब्सनका धेरै कार्यक्रम हेर्ने गरेकी छु तर यो वर्षको कार्यक्रम निकै व्यवस्थित पाइयो, व्यवस्थित रूपमा कार्यक्रम हुनुको पछाडि स्वयंसेवकको भुमिका निकै राम्रो मान्नु पर्छ’ ।
प्याब्सन कार्यक्रम सफल पार्नको लागि विद्यार्थीहरुले उदाहरण प्रस्तुत गरेका छन्, हामी उनीहरुलाई विषेश रूपमा सम्मान गर्ने छौँ – गोल्डेन सनराइज बिधालय कोअर्डिनेटर रोहित आचार्य बताउनुहुन्छ ।
स्वयंसेवक विद्यार्थीहरुलाइ कार्यक्रमको दौरानमा विषेश तालिम र प्रशिक्षणमा आफू स्वयंले सहभागी गराएको कुरा आमन्त्रित अतिथि शिक्षक निगेस श्रेष्ठको भनाइ छ । सञ्चारकर्मी समेत रहेका श्रेष्ठ प्राविधिक पक्षहरू मिलाउन सकेमा कुनै पनि कार्यक्रमलाई व्यवस्थित पार्न सकिने विश्वास व्यक्त गर्नुहुन्छ ।
‘जुनियर रेडक्रस सर्कलका पदाधिकारी साथीहरू नृत्य लगायतका प्रतियोगितामा सहभागी हुनुभएकोले कार्यक्रममा हामीलाई निकै चुनौती थियो, यद्यपि शिक्षक ज्यू हरुको महत्त्वपूर्ण सहयोगले स्वयंसेवकलाई व्यवस्थापन गर्न सहज भयो’ – स्वयंसेवक समुहको प्रमुख जिम्मेवारी पाएकी कक्षा ९ कि छात्रा बिभुषा कार्की बताउछिन ।
कार्यक्रमको अर्को आकर्षण हेल्थ डेस्क
कार्यक्रमको अर्को महत्त्वपूर्ण आकर्षणको रूपमा हेल्थ डेस्क रहेकोे थियो । हेल्थ डेस्क गोल्डेन सनराइज जुनियर रेडक्रस सर्कलको तर्फबाट राखिएको थियो । कार्यक्रम सञ्चालन भइरहदा कुनै पनि प्रकारको जोखिम निम्तिन सक्ने हुनाले हेल्थ डेस्क कै व्यवस्थापन गरेको गोल्डेन जुरेस प्रतिनिधि मौसम भण्डारी बताउछन् । छिटफुट घटना बाहेक  खासै समस्या रिपोर्टिङ भएन – भण्डारीले भने ।

बिज्ञापन