
कालिञ्चोक मन्दिर दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको बस दुर्घटना भएको छ । दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
आइतबार बिहान ८ः३० बजे सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित छ किलोमा बा २ ख ४४६८ नम्बरको बस सडकबाट ५०० तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका इन्स्पेक्टर गणेश खनालले जानकारी दिए ।
इन्स्पेक्टर खनालका अनुसार उक्त बस रिजर्भ गरेर कालिन्चोक मन्दिर दर्शन गरेर फर्किएको थियो ।
घटनाको थप विवरण आउन बाँकी छ ।