हाम्रो सम्बन्ध कहिले  मर्दैन : रामकृष्ण ढकाल

काठमाडौं : सम्बन्धविच्छेद भएको सार्वजनिक भएको केही समयमा नै गायक रामकृष्ण ढकालले फेसबुकमा स्ट्याटस लेखेका छन् । बुधबार दिउँसो उनको र पत्नी निलम साहको सम्बन्धविच्छेद भएको समाचार सार्वजनिक भएको थियो ।

 

बिज्ञापन

समाचार सार्वजनिक भएपछि गायक ढकालले सम्बन्धविच्छेद भएको अस्वीकार गर्दै आइरहेका छन् । उनले फेसबुकमा पत्नीसँगको तस्बिर सार्वजनिक गर्दै लेखेका छन्, ‘जसले जे सुकै भनोस्, हाम्रो सम्बन्ध कहिल्यै मर्दैन ।’

 

ढकाल र उनकी पत्नी निलम साह ढकालको जिल्ला अदालत काठमाडौंमा सम्बन्धविच्छेद भएको अदालतले बताएको छ ।

 

ढकालपत्नी साहले सम्बन्धविच्छेदको लागि जिल्ला अदालत काठमाडौंमा निवेदन दिएकी थिइन् । उनको निवेदनमाथि जिल्ला अदालतका न्यायाधीश विदुर कोइरालाको इजलासमा उनीहरुबीच सम्बन्धविच्छेदको लागि मिलापत्र भएको हो ।

 

दुवैले सम्बन्धविच्छेद गर्न मञ्जुर रहेको भन्दै मिलापत्र गरेका हुन् । निलमले अंश नलिने गरी मिलापत्र भएको जिल्ला अदालत काठमाडौं स्रोतले जानकारी दिएको छ । उनीहरुको एउटी छोरी छिन् । छोरी आमासँग रहने भएकी छिन् ।