
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव समूहले गरेको शिक्षक हत्याको विरोध गर्दै घटनामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बिहीबार बसेको बैठकले घटनामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको हो ।

बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘व्यक्ति हत्या २०२७/०२८ सालमा एउटा कम्युनिस्ट पार्टीले गरेको होस् वा ०५७/०५८ तिर अर्को कम्युनिस्ट पार्टीले गरेको होस् वा अहिले अर्को कम्युनिस्ट पार्टीले गर्ने प्रयास गरेको छ । व्यक्ति हत्याको राजनीति हिजो पनि गलत छ, आज पनि गलत छ । घटनामा संलग्नलाई कडा कारबाही गर्नुपर्छ ।’ यसैबीच, हिंसात्मक राजनीति छाडेर शान्तिपूर्ण बाटोमा आउन समेत कांग्रेसले अपील गरेका छन् ।
बिज्ञापन



