बझाङ : सरकारद्वारा प्रतिबन्धित नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा बझाङले जिल्लाका एक अधिकृतलाई कालोमोसो दलेको छ । उनलाई सहुलियतको चामल बिक्री गरेको भन्दै कालोमोसो दलिएको चन्द नेतृत्वको माओवादीले जनाएको छ ।

 

बझाङ जिल्लाको साइपाल गाउँपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण जोशीलाई भ्रष्टाचार गरेको आरोपमा हिजो (बुधबार) बिहानै कालोमोसो दलेको हो ।

 

जोशीले गाउँपालिकाको लागि आएको २ हजार क्विन्टल चामलमध्ये १५ सय क्विन्टल चामल लेकमा यार्सागुम्बा टिप्न गएकाहरुलाई राईढुङगी वनमा लगेर बेचेको र उक्त चामलबाट आएको रुपैयाँ हिसाब नदेखाएको नेकपाको आरोप छ ।

 

जनपरिषद् बझाङका प्रमुख संग्राम सिंहले जोशीलाई पटकपटक सुझाव दिँदापनि नसुर्धेपछि उनलाई कालोमोसो दसिलएको बताए । नेकपाका अनुसार जोशीले कार्यालय व्यवस्थापनको नाममा जोशीले बिल मिलाएर लाखौं भ्रष्टाचार गरेको नेकपाले दाबी आरोप लगाएको छ ।