स्वर्गीय राजा वीरेन्द्रको आज ७५ ओैं जन्मदिन

काठमाडौं : स्वर्गीय राजा वीरेन्द्र शाहको आज (सोमबार) जन्मदिन परेको छ । २००२ साल पुस १४ गते जन्मेका राजा वीरेन्द्रको आज ७५ औँ जन्मदिन हो ।

 

बिज्ञापन

उनको जन्मदिनको अवसर पारेर आज राजतन्त्रवादीहरुले जावलाखेल चोकमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पणको कार्यक्रम गरी मनाइँदै छ ।

 

२०५८ साल जेठ १९ गते नारायणहिटी दरबारमा भएको हत्याकाण्डमा राजा वीरेन्द्रको मृत्यु भएको थियो ।

 

राजा वीरेन्द्रसँगै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति लगायत १२ जनाको हत्या भएको थियो ।