
विर्तामोड झापा

भनिन्छ मानिसको जीवनमा दु:ख कहिले पनि नआओस् सधैं सुख कै अनुभुती भइ रहोस् तर सोचे जस्तो कहाँ हुदो रहेछ र । मानिस भएर जन्मिए पछी जस्तो सुकै दुखलाई पनि सहन सक्नुपर्छ भन्ने तथ्य चरितार्थ भयो, दुई नाबालक दिदिबहिनीको जीवनमा ।
यो सत्य घटना घटेको छ कन्काइ नगरपालिका वार्ड नं. ३ एकताटोलमा बसोबास गर्दै आएका अबोध बालिकाहरु भावना खनाल र सीता खनालको जीवनमा ।
सानै उमेरमा मातृ ममताको अनुभव गर्न बाट ठगिएका नाबालक दिदिबहिनीलाई त्यो बेला सधैंका लागि संसार एक्लो भएको महसुस भयो जब उनीहरुका बुबा ४० वर्षीय टिकाराम खनालले संसार छोडेर गए । पिताको देहावसान बाट शोकमा परेकी भावनालाई बाबू गुमाएको पीडा भन्दा ठूलो पीडा उनकी ८ वर्षीय बहिनी सिताको भविष्यलाई लिएर भएको छ ।
बाबुआमाका दुई मात्र सन्तान अबोध बालिकाहरुको कथा यतिमै सकिदैन । स्व. बुवाको काजकिरिया भावनाले आफैं गर्ने निर्णय गरिन तर घरबार बिहिन बालिकाहरु पिताको दाहसंस्कार पछी कहाँ बसेर काजकिरिया गर्ने भन्ने चिन्तामा परे ।
ओमकार टाइम्सलाई बालिकाहरुको बारेमा स्थानीय बाट जानकारी प्राप्त भएपछि स्थलगत रिपोर्टिङको लागि हाम्रो टिम कन्काइ न. पा. ३ मा रहेकोे सर्वेश्वर शिवालय मन्दिरमा पुगेको थियो ।
कन्काइ नगरपालिका वार्ड नं. ३ को सर्वेश्वर शिवालय मन्दिरले सहारा दिएपछि बालिकाहरु अहिले आफ्नो स्व. पिताको काजकिरिया त्यही मन्दिरमा बसेर गरिरहेका छन् ।
झापा जस्तो शिक्षित मानिने ठाउँमा समेत छोरीले काजकिरिया गर्न नमिल्ने भन्दै हो-हल्ला मच्चाउन कोशिश गरियो भन्ने सुन्दा जो कोहीलाई दुख लाग्न सक्छ । अबोध बालिकाले आफ्नो पिताको अन्तिम कर्म आफैं गर्ने भनेपछि केही अज्ञात व्यक्तिहरुले धार्मिक निति नियम विरुद्ध जान पाइदैन भन्दै रोक्न समेत खोजेको बताइन्छ ।
‘अनुहारमा फेटा बाधेका थिए, मोर्टरसाइकलमा सवार उनिहरु को हुन् चिन्न सकिएन, तिनीहरुले मलाई घरमै आएर धम्काउन खोजे’,
पण्डित कैलास न्यौपानेले भनें ।
आर्थिक अवस्था एकदमै कमजोर भएका टिकाराम खनाल मृगौला पिडित भइ उपचार अभाव मै ज्यान गुमाउनु परेको उनका ७१ वर्षीय ससुरा कृष्ण प्र. भट्टराई बताउछन् ।
मृगौला खराव भएको भन्ने कुरा ढिलो थाहा भएको र उपचार गराउन हस्पिटल लैजादा फोक्सो र कलेजो लगायत भित्री अंगहरु पनि पुर्ण रूपमा खराव भइसकेकोले उपचार सम्भव नहुने चिकित्सकको सल्लाह पाएको भट्टराई बताउछन् ।
बृद्धअबश्थामा पुगेका भट्टराईले लामो स्वास तान्दै भने, ‘अब कसको सहारमा नातिनीहरुको शिक्षादीक्षा र पालनपोषण गर्ने ?’
हुनत मानिसको सहारा कोहि नहुदा भगवानले नै सहारा दिन्छन् भने जस्तो झापाको गौरादह निवासी लक्ष्मी बारकोटी प्रसाइले भावनाको पढाइ लेखाइको जिम्मेवारी वहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बुबाको अवस्था अत्यन्तै कमजोर हुदै गएपछि भावना गत बैशाख देखि उनै लक्ष्मी बारकोटीको शरणमा रहेर स्थानीय गोल्डेन सनराइज मा. वी. मा पढ्दै छिन् ।
पढाइमा अत्यन्तै अब्बल उनि कक्षा ६ मा अध्ययनरत छिन् ।
आफ्नो विद्यार्थीको दर्दनाक अवस्थामा सानो भएपनि मलमपट्टी लगाउन आइपुगेको गोल्डेन सनराइज शिक्षकहरूको टोलीले खनाल बालिकाहरुलाई नगद सहयोग गरेको छ भने आगामी दिनमा समेत थप सहयोग गर्दैजाने प्रतिबद्धता बिधालय प्र. अ. राजकुमार कार्कीले गर्नु भएको छ ।
बिधालयका सम्पूर्ण शिक्षक शिक्षिकाहरु आएर भेट गर्दा अत्यन्तै खुशी भएकी भावना भनें बहिनीको भविस्यको बारेमा अत्यन्तै चिन्तित छिन् । म त जसो तसो जिन्दगी बिताउला तर बहिनीलाई कसले सहारा दिन्छ?, अबोध बालिकाले बरर आँसु खसाल्दै पीडा ब्यक्त गरिन । उनी कन्काइ नगरपालिका स्थित एकताटोलमै दिदिबहिनी बसेर पढ्ने तर कसरी कहाँ र कसको शरणमा बस्ने अबोध बालिकालाई थाहा हुने कुरै भएन ।
बालिकाहरुलाई आर्थिक सहायता गर्न चाहने कल्याणकारी मनहरुले 9842755452, 9841761788, 9842620198 मा सम्पर्क गर्न सकिने अथवा ओमकार टाइम्स संग सम्पर्क गर्न सकिने छ ।

बिज्ञापन



