
काठमाडौँ : राजधानी काठमाडौँसहित देशभर चिसो बढ्को छ।

पूर्वानुमान महाशाखाले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।
बिज्ञापन



बिहीवार बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

‘हाल प्रदेश नम्बर १ र बाँकी पहाडी भूभागमा आंशिक बदली रही देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ,’ महाशाखाले भनेको छ ।
बिहीवार दिउँसो प्रदेश १ तथा बाँकी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।