पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाइयो

 

सान नेपाल 

बिज्ञापन

राज्यले बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई उपेक्षा गरेता पनि विभिन्न पार्टी , संघसंस्था र स्वतस्फूर्त नेपाली नागरिकबाट आज पौष २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस धुमधामका साथ देशैभरि मनाइयो ।

 

राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई सम्मान गर्ने क्रममा पूर्वाञ्चलका विभिन्न स्थानमा स्वतस्फूर्त रुपमा आयोजना गरिएका कार्यक्रमहरु हेर्न लायकका थिए ।सुनसरीको इटहरी , मोरङको बिराटनगर , बिराटचौक, झापाको दमक , बिर्तामोड , काकडभिट्टा, गौरादह लगायतका स्थानहरुमा भब्य रुपमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 

पृथ्वी जयन्तीमा सुनसरीको इटहरीमा आयोजना गरिएको कार्यक्रममा हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो भने उच्च सरकारी ओहदामा रहेर काम गरिसकेकाहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा अवकाशप्राप्त प्रधानसेनापति रुक्मांगद कटवाल , पूर्वमन्त्री रामकुमार सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

 

उता मोरङको बिराटनगर , बिराटचौकमा पनि हजारौंको संख्यामा उपस्थित भएर नागरिक स्तरबाट पृथ्वी जयन्ती भब्यताका साथ सम्पन्न गरियो । त्यस्तै झापाको दमक , बिर्तामोड , काकडभिट्टा , गौरादह लगायतका स्थानहरुमा पनि राष्ट्रिय एकता दिवस भब्यताका साथ मनाइयो ।

हेर्नुस् फोटो फिचर