एनआइसी एसिया बैंक दमक शाखाले आफूलाई यसरी ठगेको आरोप लगाइन् लिम्बूले(ओमकार फलोअप)

जानुका निरौला 

झापा । कमल गाउँपालिका वडा नम्बर ५ बस्ने जमुना देवी लिम्बूलाई एनआईसी एसिया बैंकको दमक शाखाले ६ लाख रुपैया ठगि गरेको आरोप लागेको समाचार यसै अनलाइनबाट प्रकाशित भएपछि उक्त बिषयलाई ओमकार टाईम्सले गहिरो अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउने क्रममा थप तथ्यहरु फेलापारेको छ।

बिज्ञापन

जमुना देवी लिम्बूका श्रीमान् दिल प्रसाद हेम्वियाले छोरा वकिल प्रसादलाई अस्ट्रेलिया पठाउन साउदी अरबमा दुःख गरेर ५ लाख रुपैयाँ पठाएका थिए ।उक्त रकम काठमाडौंमा अबस्थित एक कन्सल्टेन्सीमा बुझाएर अस्ट्रेलिया जाने सपना देखेका वकिल प्रसादको सपना चकनाचुर भयो जब भिसा नलागेर पैसा फिर्ता आयो ।भिसा नलागेपछि उक्त रकम जमुना देवी लिम्बूको एनआइसी एसिया बैंक दमक शाखाको खाता नम्बर ३४००२९८३६६५२४००१ मा मिति २०७५ माघ २४ गते बिहीबार  फिर्ता पठाएको कुरा ग्यालेक्सी एजुकेसन एण्ड माइग्रेसन सर्भिस नामको कन्सल्टटेन्सीले जानकारी गरायो ।उक्त रकम बैंकमा जम्मा भए नभएको भनेर लिम्बू बैंकमा बुझ्न जादा बैंकका कर्मचारीले `तपाईंको खाता बन्द छ , खाता सुचारु गर्न ३/४ दिन लाग्ने ´ भन्दै फिर्ता पठाएको लिम्बूले ओमकार प्रतिनिधिलाई भनिन् ।

पुनः लिम्बू मिति २०७५ फाल्गुन ७ गते बैंकमा बुझ्न जादा बैंकका कर्मचारीले बैंकमा कुनै  पैसा नआएको बैंकमा पहिलेदेखि जम्मा रहेको एक लाख साठी हजार रुपैयाँ मात्र जम्मा भएको जानकारी दिएपछि उनले नयाँ चेकबुक निकालेर आफू घर गएको बताइन् ।उक्त मितिमा लिम्बूले कुनै रकम नलिकालेको जिकिर गरिन तर आश्चर्य के छ भने उक्त मितिमै लिम्बूको चेक नं. ००२३३५१४८७२३०१ बाट ५ लाख तीस हजार रुपैया निकालेको देखिन्छ ।तर लिम्बू चैतमा छोरी बिमारी भएर ३०००० रुपैया निकल्न गएको र आफूलाई चेककाट्न नआउने भएकोले बैंककै कर्मचारीलाई चेक काट्न लगाउदा पनि चेकमा लेखेको अंक बिग्रियो भन्दै २/३ ठाउमा सहि गर्न लगाएको लिम्बूले ओमकार प्रतिनिधिलाई जानकारी गराइन् । अझ आश्चर्यको कुरा त के छ भने मिति २०७५ चैत २४ गते लिम्बूको चेक नं. ००२३३५१४८८२३०१ बाट रु एक लाख निकालेको देखिन्छ तर लिम्बू उक्त दिन बैंकमा नगएको बताउँछिन् ।

बैंकले आफ्नो ६ लाख रुपैया हिनामिना गरेको थाहा पाएपछि लिम्बूले मिति २०७६ असोज ६ गते बैंकलाई जानकारी गराउदै निवेदन समेत दर्ता गराएकी थिइन् । लिम्बूले निवेदन दर्ता गरेपछि आफुलाई बिराटनगर शाखाको अडिटर बताउनेको नेतृत्वमा बैंकका कर्मचारी लिम्बूको घरमै गएर छानबिन भै रहेको र यो बिषय बाहिर नल्याउन आग्रह समेत गरेर समय बिताइ अहिलेसम्म सत्यतथ्य बाहिर नल्याई आफुलाई बैंकले अन्याय गरेको लिम्बूले आरोप लगाइन् ।

बैंककै कर्मचारीलाई चेक भर्न दिदा समेत केरमेट भयो भनेर २/३ ठाउमा सहि गर्न लगाउनु , लिम्बू बैंक  जाँदै नगएको दिन  लिम्बूको चेकबाट पैसा निस्कनु , कन्सल्टटेन्सीले पैसा फिर्ता गर्दा समेत खातामा पैसा छैन भनेर ढाट्नु , बैंकलाई निवेदन लेखेर सत्यतथ्य छानबिन गर्न माग गर्दा समेत बेवास्ता गरि उल्टै घटना बाहिर नल्याउन दबाब दिनु र बैंकले यो बिषयमा आधिकारिक रुपमा कुनै प्रतिक्रिया नदिनु जस्ता आधारमा बैंकलाई शंकाजनक ढंगले हेर्ने ठाउँ रहेको देखिन्छ ।