मापदण्ड बिपरितका पेट्रोल पम्पलाई सरकारले कारबाही गर्ने

काठमाडौं : प्रधानमन्त्री कार्यालयले काठमाडौं उपत्यकामा सञ्चालनमा रहेको पेट्रोल पम्पले मापदण्ड पालना नगरेको विषयमा नेपाल आयल निगमलाई पत्र पठाएपछि निगमले १८ पेट्रोल पम्पलाई १५ दिन मित्र पम्प स्थानान्तरणको कार्ययोजना पेश गर्न पत्र पठाएको छ । प्रधानमन्त्री कार्यलयबाट पुस २९ मा नेपाल आयल निगमलाईै यसबारे बुझ्न र आवश्यक प्रकृया अगाडी बढाउनको लागि पत्र पठाएको थियो ।

 

बिज्ञापन

पेट्रोलियम पदार्थ जस्तो अत्यन्त प्रज्वलनशील पदार्थको उचित व्यवस्थापन नहुँदा काठमाडौं उपत्यका उच्च जोखममा पर्दै गएको छ । मापदण्ड विपरित पेट्रोल पम्प सञ्चालन भएका कारण काठमाडौं उपत्यका जोखममा देखिएको हो ।

 

काठमाडौंमा सञ्चालनमा रहेका अधिकांश पेट्रोल पम्प मापदण्ड विपरित रहेको नेपाल आयल निगमले नै बताउँदै आएको छ । तर यो समस्यालाई हल गर्नको लागि सरोकारवालाहरु लागेको देखिदैन । काठमाडौं उपत्यकामा मात्र १८ पेट्रोल पम्प तोकिएको मापदण्ड विपरित सञ्चालनमा रहेको निगम श्रोतले बताएको छ । अरु त अरु साझा पट्रोल पम्प समेत मापदण्ड विपरित भएको निगमले जनाएको छ ।

 

सडकपेटीको छेउमा, घरहरुको नजिक पम्प सञ्चालन गर्न पाइदैन । साथै, त्यसको वरीपरि आगो जन्य बस्तु (चुरोट जस्ता बस्तु) प्रयोग गर्न पाइदैन । तर अहिले काठमाडौंमा सञ्चालनमा रहेको पेट्रोलपम्पले त्यस्तो कुनै मापदण्डलाई पालना गरेको पाईदैन । यहाँ सडक छेउ र बाक्लो जनघनत्व भएको ठाउँमै पम्प संचालनमा रहेका छन् ।

 

पट्रोल पम्प अत्यन्त जोखिम युक्त मानिन्छ । यदि, कसैगरी आगलागी भयो भने त्यस वरपरका बस्ती नै धवस्त हुने सम्भावना रहन्छ । तसर्थ, सुरक्षा दृष्टिकोणले पेट्रोल पम्प अत्यन्त सम्बेदनशिल छ । त्यसैले यो सञ्चालनको लागि निगमले मापदण्ड तय गरेको छ ।

 

तर, अधिकांश सञ्चालकले त्यो पालना गरेका छैनन् । महाराजगन्ज, कलंकी, बालाजु, जावलाखेल, बौद्ध, चापागाउँ लगायतका ठाउँमा अधिकांश पेट्रोल पम्म तोकिएको मापदण्ड विपरित सञ्चालन रहेको निगमले जनाएको छ । निगमले पत्र पठाएपनि पेट्रोलपम्पहरुले स्थानान्तरणको कार्ययोजना पेश गरेका छैनन् ।