यौन काण्डमा पक्राउ परेका एसएसपी राणालाई अदालत लगिदै

धरान : यौन दुव्र्यवहारको आरोपमा सुनसरी प्रहरीले घरैबाट पक्राउ परेका बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सौरभ राणालाई अदालत लैजाने तयारी गरिएको छ ।

 

बिज्ञापन

गत बिहिबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा किटानी जाहेरीपछि प्रहरीले प्रक्राउ तयारी थालेको थियो । जसअनुसार एसएसपी राणालाई शुक्रबार पक्राउ गर्ने तयारी गरेपनि हिजो शनिबार मात्र पक्राउ गरेको हो ।

 

एसएसपी राणालाई धरानमा रहेको संघीय संघिय प्रहरी इकाइ कार्यालयको एसएसपी निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेल र इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेले नेतृत्वको टोलीले एसएसपी राणालाई पक्राउ गरेको हो।

 

राणामाथि यौन दुर्व्यवहारको आरोपमा अनुसन्धान हुनेछ । एसएसपी राणालाई झापाकी एक युवतीले आफुलाई लामो समयदेखि यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय सुनसरीमा बिहीबार उजुरी दिएकी थिइन् ।गृहमन्त्रालयले शुक्रबार यौन काण्डमा मुछिएका एसएसपी राणालाई निलम्वित गरेको थियो ।

 

उनीमाथि केही महिनाअघि एक महिलाले आफ्नो घर परिवार विगारेको र आफूलाई यौन दुव्र्यवहार गरेको भन्दै गृहमन्त्रालयमा निवेदन दर्ता गरेकी थिईन भने एसएसपी राणामाथि मन्त्रालयले सुक्ष्म छानविन गर्दा उनी दोषी देखिएका थिए ।

 

यसरी पक्राउ परेका एसएसपी राणालाई आज जिल्ला अदालत सुनसरीमा पेश गर्ने तयारी रहेको प्रहरीले जनाएको छ ।