पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्पत्ति छानबिन हुने

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्पत्ति छानबिन हुने भएकाे छ । शुक्रबार बसेकाे राज्यव्यवस्था तथा सुशासन समिति बैठकले क्षत्रीकाे सम्पत्ति छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागलाई निर्देशन दिने निर्णय गरेकाे समितिका सदस्यहरूले बताएका छन् ।

 

बिज्ञापन

समिति सदस्य रेखा शर्माका अनुसार पूर्वसेनापति क्षत्रीविरुद्ध परेको उजुरी सम्पत्ति शुद्धिकरण विभागमा पठाएर त्यसबारे छानबिन गर्न निर्देशन दिने सहमति भएको हाे । ‘पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्न सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोगअनुसन्धान आयोगलाई पठाउने भन्ने कुरामा सहमति भयो,’ समिति सदस्य शर्माले भनिन् ।

 

क्षत्रीले प्रधानसेनापति हुँदा अकुत सम्पत्ति आर्जन गरेको र भ्रष्टाचारगरेको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको थियो । नेपाली सेनामाकार्यरत व्यक्तिहरूले संसदीय समितिमा क्षत्रीविरुद्ध गत भदाैमा उजुरी दिएका थिए । उजुरीहरूमाथि राज्यव्यवस्था तथा सुशासन समितिका सदस्य रेखा शर्मा, नवराज सिलवाल रदिलेन्द्रप्रसाद बडूले छानबिन गरेर बिहीबार प्रतिवेदन बुझाएका थिए ।