
युवा समुदाय हिजोआज लागु औषधको डरलाग्दो सिकार बन्न थालेको छ । झापाको दमकमा सञ्चालित केही औषधि पसलहरुबाट खुलेआम लागू ओैषध धन्दाको गन्ध पाएपछि ओमकार टाइम्सले निरन्तर खबरदारी गरिरहेको छ । बारम्बार फलोअप गर्दा पनि अटेर गरेर लागुऔषधको कारोबार गर्नेहरू अझै पनि सल्बलाइरहेको पाइएको छ ।




प्रायः दिनभरी जसो हुने यस्ता गतिविधिमा केही कमि आएको भएतापनी बेलुकी साढे ७ बजेदेखि ९ बजेसम्म लागुऔषधका दुर्ब्यसनीहरुको त्यस्ता औषधि पसलमा निकै भिडभाड रहने गरेको बुझिएको छ ।

यसैबीच थानारोडमा सिरिन्जको धन्दा निकै डरलाग्दो देखिएको छ । दुर्वसनीको सिकार भइसकेका र शिकारु टिनेजरहरुले फार्मेसी बाट निर्वाधरूपमा सिरिन्ज किन्न पाएपछि लागुऔषध प्रयोगकर्ताहरु दमक सहरमा ह्वात्तै बढेको तथ्यांकले देखाउने गरेको छ । ‘कानुनले सिरिन्ज बेच्न छुट दिएको छ, हामीले सिरिन्ज बेच्ने कुरामा होशियार हुनुपर्ने आवस्यकता नै छैन’, एक औषधि व्यवसायीले ओमकार टाइम्सलाई निस्संदेह सुनाए ।
एक पटक प्रयोगमा आइसकेको सिरिन्ज पुनः प्रयोग गर्नु निकै खतरापूर्ण मानिने सिरिन्ज दुर्ब्यसनीको हातमा परेपछि ५० औं जनाले प्रयोग गर्ने गरेको पाइन्छ ।
अनुभवी व्यक्तिले मात्र खरिद गर्न सक्ने सामान्य नम्सको धज्जी उडाउदै खुलेआम रूपमा सिरिन्ज बेच्नु ले आमनागरिक कस्तो त्रासमा बाच्न बाध्य छन् भन्ने प्रष्ट देखिन्छ।दुर्व्यसनीले एकपटक सिरिन्ज खरिद गरिसके पछी कैयौंपटक पालैपालो प्रयोगमा ल्याउने गरेको बिज्ञहरु बताउछन् । होस् गुमाएका बेला उनीहरुले सिरिन्जको जथाभावी प्रयोग गर्ने र एचआईभी एड्स जस्ता भयानक रोगको शिकार हुने सम्भावना प्रबल रहने स्वयं चिकित्सकहरु नै बताउँछन् ।
के हो लागू औषध?
कुनै पनि औषधि जसको सेवनले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै प्रयोगकर्ताको भावना तथा सोचाईमा परिवर्तन ल्याउँछ भने त्यसलाई लागुऔषध भनिन्छ। लागुऔषधले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारी बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई समेत असर पार्न थाल्छ । लागुऔषधलाई स्वापकजन्य वा पीडाहर, अवसादक वा आलस्यजन्य, उत्तेजक र मतिभ्रामक गरी चार किसिममा वर्गीकरण गरिएको पाइन्छ।अफिम, मर्फिन, कोडिन, हेरोइन, पेथेडिन, मेथाडोन जस्ता निद्रा लगाउने र चेतनाको अवस्थामा फरकपन ल्याउने स्वापकजन्य वा पीडाहर किसिमको लागुऔषध, बार्बिच्युरेट्स, बेन्जोडायजेपाम, नाइट्रोजेपाम जस्ता केन्द्रीय स्नायु प्रणालीमा असर गर्ने अवसादक वा आलस्यजन्य लागुऔषधका प्रकार छन्।
त्यसैगरी निकोटिन, क्याफिन, एमफिटामिन जस्ता स्नायु प्रणालीको गति वा कामलाई तीव्र गति दिने उत्तेजना बढाउने, भोक हटाउने र थकाई मेटाउने उत्तेजक लागुऔषध र एल.एस.डी, क्रोमा डि.एम.ए, सिलासाइबिन, मेस्किलिन जस्ता मति, चेतनालाई भ्रमित तुल्याउने मति भ्रामक लागुऔषधको प्रकार हो।
सामान्यतया झगडा गरेर चाहिने भन्दा बढी पैसा माग्नु, घरबाट पैसा र बहुमूल्य समान हराउँदै जानु, शौचालयमा लामो समय बिताउनु, शरीरमा काटिएको खत देखिनु, घरमा ढिलो आउनु, छटपटी हुनु, शरीर काम्नु, सुत्ने र उठ्ने समय अचानक परिवर्तन हुनु, आँखा रातो हुनु, आँसु आइरहनु, बोली लर्बरिनु, आँखा जुधाएर कुरा गर्न नसक्नु, सरसफाइमा ध्यान नदिनु, एक्लोपन रुचाउनु जस्ता मुख्य लक्षण लागुऔषध प्रयोगर्तामा देखिन्छन थाल्छ ।
छोराछोरीलाई खेलकुद, कला तथा साङ्गीतिक कार्यक्रममा बढी संलग्न गराउने, गलत व्यक्तिसँगको संगतबाट टाढा राख्ने, धूम्रपान र मद्यपानबाट टाढा राख्ने, लागुऔषधबारे सचेत गराउने, छोराछोरीसँग पर्याप्त समय बिताउने र विचारको आदानप्रदान गरेर उनीहरुलाई लागुऔषधबाट टाढा राख्न सकिन्छ।