
काठमाण्डौ । गर्मी महिनामा कामको थकाईले वा गर्मीले दिउँसो निन्द्रा प्राय मानिसलाई लाग्ने गर्दछ । मध्य दिउँसो निन्द्रा लागेर सुत्ने बानी धेरैमा हुन्छ । कसैलाई त जाडो होस् या गर्मी दिउसो केहि समय सुत्ने बानी हुन्छ । हामीहरु प्राया दिउसोमा सुत्ने मानिसलाई अल्छि भन्ने गर्छौ , तर दिउसोमा सुत्ने बानीले स्वास्थ्यमा भने फाईदा गर्ने भेटिएको छ ।
ग्रिसमा भएको एक नयाँ अनुसन्धानका अनुसार दिउँसो सुत्ने बानीले उच्च रक्तचाप नियत्रण हुने प्रमाणीत भएको छ । हृदय रोग विशेषज्ञ ‘मानोलिस कालिस्ट्राटोस’ले गरेको यस अनुसन्धानमा करिब ३८६ मानिसले भाग लिएका थिए । यस अनुसन्धानबाट दिउँसो निदाउने बानी हुनेको रक्तचाप, ननिदाउने भन्दा तुलनात्मक रुपमा, नियन्त्रणमा रहेको देखिएको थियो। अझ छोटो भन्दा लामो समयसम्म निदाउनेहरुको रक्तचापमा बढि नियन्त्रण हुन्छ ।
अहिलेका मानिसहरु धेरैजसो काममा व्यस्त हुन्छन् । त्यसैले दिउँसो निदाउन फुर्सद पाउदैनन् । तर खाजाको समयमा एकछिन निदाउन सकिन्छ । यदि कसैलाई उच्च रक्तचाप छ भने आफ्नो खाजाको समयमा १०-१५ मिनेट छोटो समयको लागि निदाउँदा स्वास्थ्यको लागि राम्रो हुन्छ।