सेक्युरिटी प्रेस खरिद प्रक्रिया  हाललाई स्थगित गर्न लेखा समितिको निर्देशन

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सेक्युरिटी प्रेस खरिद प्रक्रिया हाललाई स्थगित गर्न सरकारलाई निर्देशन दिएको छ ।

 

बिज्ञापन

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले यो विषयमा विवाद देखिएको भन्दै तत्काललाई प्रेस खरिद प्रक्रिया स्थगित गर्न निर्देशन दिएको हो ।

 

सेक्युरिटी प्रेस खरिदमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्वीट कम्पनीका नेपाली एजेन्टसँग करोडौं रकम कमिसन मागेको अडियो सार्वजनिक भएसँगै समितिले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

 

बैठकमा समितिका केही सदस्यले सञ्चारमन्त्रीसँगै कमिसन दिन खोज्ने विजय मिश्रलाई पनि कारबाही गर्नपर्ने धारणा राखेका छन् ।