
पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आइतबार उजुरी दिएका छन् ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा स्वीस कम्पनीका एजेन्ट विजयप्रकाश मिश्रसँगको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको थियो ।
बाँस्कोटाविरुद्ध सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले आज बिहान अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयमा गएर उजुरी दर्ता गराएका हुन् ।
बाँस्कोटाविरुद्धको उजुरीको दर्ता नम्बर सी–०२६८७९ हो । उनलाई भ्रष्टाचारको गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । बाँस्कोटाले अडियो बाहिरिएपछि ८ फागुनमा पदबाट राजीनामा दिइसकेका छन् ।