शसस्त्रका जवानले आफैंलाई गोली हाने

सर्लाही जिल्लामा ड्युटीमा खटिएका एक सशस्त्र प्रहरी जवान आफैँलाई गोली प्रहार गरी गम्भीर घाइते भएका छन् ।

 

बिज्ञापन

 

सशस्त्र प्रहरी बल १० नम्बर गण कविलासीमा कार्यरत करिब ३० वर्षीय आन्नद मिश्रा आफैँले बोकेको एसएलआरबाट घाटीमा गोली हानी घाइते भएका सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले जानकारी दिएका छन् ।

 

घाइते मिश्राको जिल्ला अस्पताल मलङ्गवामा समान्य उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगञ्जमा पठाइएको छ । घाइते सर्लाही बलरा नगरपालिका निवासी हुन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।