उदयपुरमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, चालक फरार

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-८ कुरिङभञ्याङमा आज टिपर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

मृत्यु हुनेमा टिपरमा सवार स्थानीय ४५ वर्षीय नर बहादुर मगर र ४० वर्षीय मिर्चिङ कान्छा मगर रहेका छन्। घाइते भएका ४० वर्षीय चन्द्र बहादुर मगरको कटारी अस्पतालमा उपचार भइरहेको छ।

कटारीबाट घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर आज बिहान १० बजे अनियन्त्रित भइ दुर्घटना भएको हो।

चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जानकारी दिएको छ।