पाँच डीएसपीको सरुवा

काठमाडौं : प्रहरीका ५ जना प्रहरी नायव उपरिक्षकको (डीएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पाँचै जना डीएसपीको काज सरुवा गरेको हो ।

 

बिज्ञापन

मंगलबार बौद्ध वृत्तका डीएसपी रमेशबहादुर सिंहलाई प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागमा सरुवा भएका छन् भने जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी वृत्त बौद्ध सरूवा गरिएको छ

 

त्यसरी नै डीएसपी मदन कुँवरलाई जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको छ । त्यस्तै डीएसपी भरत श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय रौतहट र डीएसपी प्रतिक सिंह राठौरलाई सर्लाहीबाट प्रहरी प्रधान कार्यालय काज सरूवा गरिएको छ ।

 

उपत्यकाको आकर्षक तथा चुनौतीपूर्ण मानिने बौद्ध सरुवा भएका डीएसपी कार्की पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताब आलम पक्राउको क्रममा फिल्डमा खटिएका अधिकृत हुन् ।