
चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको दाबी गरेका छन् । भ्रष्टाचारमा जो संलग्न भए पनि कारबाही गर्नुपर्ने नेता नेपालको भनाइ छ ।
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले शुक्रबार आयोजना गरेकाे छलफलमा बोल्दै नेता नेपालले यस्ताे बताएका हुन् ।
उनले भने– वाइडबडी खरिदमा देखादेखी भ्रष्टाचार भएको छ । जोसुकै संलग्न भए पनि छाड्नु हुँदैन ।’
समितिको जारी बैठकमा अहिले नेता नेपालले यसबारे आफ्नो धारणा राखिरहेका छन् ।
राष्ट्रियध्वजावाह नेपाल वायु सेवा निगमको दुई वाइडबडी खरिद प्रक्रियामा प्रश्न उठ्दै आइरहेको छ । यसमा दिवंगत मन्त्री रवीन्द्र अधिकारीलगायत जोडिएका थिए ।
यसबारे छानबिन गर्न सरकारले समिति गठन गरे पनि त्यसका संयोजक र सदस्यले अहिलेसम्म यसको औपचारिक जानकारीसम्म पाएका छैन ।