६ वटै मुख्यमन्त्रीको एउटै माग : उपकरण खरिदमा सहजीकरण होस्

कोरोना भाइरसको बढ्दो जोखिमबाट बच्न र बचाउन नेपालका प्रदेश सरकारहरू पनि सक्रिय भएका छन् । आज २ चैतमा प्रदेश २ बाहेकका ६ वटै प्रदेशका मुख्यमन्त्री र सामाजिक विकासमन्त्रीहरू संघीय सरकारका मन्त्रीहरूसँग छलफलमा जुटेका छन् ।

 

बिज्ञापन

 

संघीय राजधानी काठमाडौंमा उपप्रधानमन्त्री, गृहमन्त्री, अर्थमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँगको छलफलका क्रममा प्रदेशका मुख्यमन्त्रीहरूले प्रदेशहरूले आफ्नो स्रोत साधनअनुसारको व्यवस्था गरिरहेको जानकारी दिँदै आवश्यक उपकरणहरू खरिद गर्ने प्रक्रिया जटिल भएकाले त्यसमा केन्द्र सरकारले सहजीकरण गर्नुपर्ने बताए ।

 

 

यसका साथै सीमानाका तथा एयरपोर्टमा कडा जाँच गर्ने व्यवस्था गरिनुपर्ने उनीहरूको माग छ ।