अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोराना संक्रमण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु कुन शाखामा काम गर्ने कस्ता जनशक्ति हुन् भन्ने खुलाइएको छैन ।

मंगलबार १५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । त्यपछि परीक्षणको दायरा बढाउँदै जाँदा बिहीबार थप २२ जनामा कोरोना देखिएको हो । तर थप २२ कर्मचारीमा देखिएको संक्रमणको विषयमा भने अख्तियारले हालसम्म कुनै प्रतिक्रिया दिएको छै

अख्तियारले पीसीआर परीक्षण गरेर कोरोना संक्रमण नभएको पुष्टिपछि मात्रै कार्यालयमा आउन कर्मचारीहरुलाई आग्रह गरेको छ । हरेक दिन ठूलो संख्यामा सर्वसाधारणको आवातजावत हुने अख्तियारमा बिभिन्न मुद्दामा नियन्त्रणमा लिइएकाहरुलाई पनि राख्ने गरिँदै आइएको छ ।

काठमाडौंमा दिनानुदिन बढ्दो संक्रमणको प्रभाव बढी भीडभाड हुने कार्यालयमा पनि फैलिएको हुन सक्ने आशंकालाई अख्यितारको यो घटनाले थप बल पुर्याएको छ ।