प्रदेश प्रमुखहरुको गुनासो : प्रदेश सञ्चालन गर्न गाह्रो भयो !

काठमाडौं । प्रदेश प्रमुखहरुले प्रदेश सञ्चालन गर्न समस्या भएको गुनासो गरेका छन् ।

 

बिज्ञापन

 

आइतबार बिहान सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सातै प्रदेशका प्रमुखहरुले भेटवार्ता गर्दै यस्तो गुनासो गरेका हुन् ।

 

उनीहरूले प्रचण्डसँग प्रदेशमा भएका समस्याहरूबारे जानकारी गराएको प्रचण्डको सचिवालयले पुष्टि गरेको छ । जवाफमा प्रचण्डले प्रदेश प्रमुख कार्यालयमा भएका समस्या समाधानका लागि प्रधानमन्त्रीसँग छलफल गरेर समाधान गर्न पहल गर्ने बताएका थिए ।

 

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले सातैजना प्रदेश प्रमुख काठमाडौ आएको मौकामा पूर्व पार्टी अध्यक्ष प्रचण्डसँग भेटघाट र कुराकानी गरेको भन्दै समय मिलेसम्म प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत आफ्ना समस्याहरु अवगत गराउने तयारी भैरहेको जानकारी दिए । ‘विशेष केही प्रदेशहरुमा व्यवस्थापकीय कुराहरुको समस्या छ ।

 

सोही समस्याको समाधान खोज्ने उदेश्यले काठमाडौ आएका हौ’, प्रदेश प्रमुख शेरचनले भने, ‘कर्मचारी अभावदेखि भवन लगायतका समस्या पनि छन् । जसले गर्दा सहजै कार्यसम्पादन गर्न सकिएको छैन ।’