२९ वर्षीया युवतिको शव नग्न अवस्थामा फेला, हत्या भएकाे आशंका


मोरङ । मोरङमा एक युवतीको शव नग्न अवस्थामा फेला परेको छ । जिल्लाको पथरीशनिश्चरे नगरपालिका १ की २९ वर्षीया रिना बस्नेतको शव स्थानीय बजारमा फेला परेको हो ।

रिनाका श्रीमान वैदेशिक रोजगारीका क्रममा रहेका छन् । १४ वर्षिया छोरासँग बस्ने उनले कस्मेटिक पसल सञ्चालन गरेकी थिइन् । शुक्रबार राति पथरीमा आयोजित कन्सर्ट हेर्न कोठाबाट निस्किएकी उनी शनिबार बिहान मृत फेला परेकी हुन् ।

उनका १४ बर्षीय छोरा रहेका छन् । डेरा गरी पथरीमा बस्दै आएकी उनको शव सोही डेरा भएको घर अगाडी घोप्टो परेको अबस्थामा नाङ्गै स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनको शव नजिकै रगत समेत बगेको देखिएको छ ।

उनको बलात्कारपछि हत्या भएको प्रहरीले आशंका गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको प्रहरीले जनाएको छ ।