
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालसँग भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ ।




भेटमा मन्त्री अर्यालले नेपाल-भारतबीच थाती रहेका विवादका दुई देशले आपसमा छलफल गरेर समाधान गर्नुपर्ने बताइन् । ‘हिजोदेखि थाती रहेका केही विषयहरू छन् । जो दुई देशबीचमा छलफल गरेर आपसमा टुङ्ग्याउनुपर्ने विषय छन्’, मन्त्री अर्यालले भनिन्, ‘ती कुराहरू यहाँको कार्यकालमा अगाडि बढ्न सकोस् ।’

भेटमा राजदूत क्वात्राले मन्त्री अर्यालको नेतृत्वको प्रसंसा गर्दै मन्त्रालयस्तरीय केही कामहरूमा दूतावासले सहकार्य गरेर अगाडि बढ्ने बताए । यसअघिका राजदूतको कार्यकालमा धेरै उल्लेखनीय काम भएको भन्दै राजदूत क्वात्राले ती कामलाई आफ्नो कार्यकालमा अझ सुदृढ बनाउन कोशिस गर्ने बताए ।
‘मेरो कार्यकालमा हाम्रो सम्बन्धको प्रगति र गतिमा कमी नआओस्’, राजदूत क्वात्राले भने, ‘हाम्रो दुई देशबीचमा त्यस्तो ठूलो कुनै कारण छैन । रहेका विषयहरू आपसमा शान्तिपूर्वक बसेर समाधान गर्न सकिन्छ ।’